१२ मंसिर, मलेसिया । मलेसियाको पन्चपुरी पोटकेलाङ स्थित सामसुङ कम्पनीमा कार्यरत दोलखा निवासी नारायण बस्नेतको हृदयघातका कारण शनिबार मृत्यु भएको खबर प्राप्त भएको छ ।

गत मंगलबार देखी बिदा लिएर बसेका मृतक बस्नेत कोठामा एक्लै बस्थे । उक्त दिनबाट सम्पर्क बिहिन भएपछि बिहिवारबाट मात्र उसको खोजी गर्दा ऊ सुतेकै अवस्थामा कोठामा मृत भेटिएका थिए ।

निजको शवलाई हाल पोस्टमार्टमका लागी स्थानीय अस्पतालमा राखिएको छ भने बस्नेतको शवलाई छिटो छरितो ढंगले नेपाल पठाउनका लागी आवस्यक प्रक्रिया शुरु भइसकेको आचार्य बन्धु समाज मलेसियाका सचीव चन्द्र प्रसाद आचार्यले जानकारी गराउनु भएको हो ।

तपाईको प्रतिक्रिया