Turkish-Airlines

२३ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट टर्कीको इस्तानबुल उडेको टर्किस एयरको जहाजमा सोमबार दिउँसो चरा ठोक्किएको छ ।दिउँसो १ बजेर ३ मिनेट जाँदा उडेको बिमान ४ सय फिट माथि पुगेको अवस्थामा चरा ठोक्किएको बिमानस्थलको टर्मिनल डिपार्टले जनाएको छ । डिपार्ट प्रमुख भोला गुरागाइँले भने, ‘चरा ठोक्किएको भनेर चालकले नै एयर ट्राफिक कन्ट्रोलमा जानकारी दिएका थिए । तर, बिमानको सबै अवस्था सामान्य रहेको जानकारी दिँदै फ्लाइट कन्टिन्यु गरे ।’चरा ठोक्किँदा जहाजमा खासै क्षति पुगेको छैन । चालक दलका सदस्य र यात्रुहरु सुरक्षित छन् ।धावनमार्गमा गड्यौलाको संख्या बढेपछि बिमानस्थल आसपास बाक्लो संख्यामा चराहरु देखिएका छन् ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया