tamasha kissचलचित्र ‘तमाशा’मा समावेश एक अन्तरंग दृश्यलाई भारतीय सेन्सर बोर्डले काटिदिएको छ । चलचित्रका मुख्य कलाकार रणवीर कपुर र दीपिका पादुकोणविचको यो लामो दृश्यलाई सेन्सरले काटेर यूनिभर्सल सर्टिफिकेट दिएको छ ।

इम्तियाज अलीको निर्देशनमा तयार भएको यो चलचित्रमा दीपिका र रणवीरको केमेष्ट्री चम्कने आशा गरिएको छ । सेन्सर बोर्डलाई यो दृश्य खुबै उत्तेजक लागेको थियो । यसैले पनि यो दृश्य चलचित्रमा राख्न उचित नराखेर काटिएको हो ।

चलचित्र ‘राजा हिन्दुस्तानी’मा आमिर खान र करिश्मा कपुरविचको चुम्बनको दृश्य भन्दा पनि रणवीर र दीपिकाले लामो अन्तरंग दृश्य दिएका थिए । साथमा अन्य केही दृश्य पनि सेन्सरले काटेको छ ।

 

तपाईको प्रतिक्रिया