१४ मंसिर, मोरङ । मोरङमा १३८ नयाँ कुष्ठरोगी फेला परेका छन् । गएको चार महिनामा मोरङमा १३८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका मोरङका अधिकृत मुलुकचन्द राजवंशीले जानकारी दिनुभयो ।
मोरङको बुधनगर, आमगाछी, बरडङ्गा, उर्लाबारी, बयरवन, महादेवा, रङ्गेली लगायतका स्थानमा बढी मात्रामा कुष्ठरोगीको सङ्ख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । मोरङमा कुष्ठरोगका कारण अङ्गभङ्ग हुने दर भने घटेको बताइएको छ ।