इनरुवा २३, कात्तिक/ नेकपा एमाले सम्वद्ध नेपाल लोकतान्त्रिक थारु संघले दीपावलीको अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । एमाले जिल्ला पाटी कार्यालय सुनसरीमा आयोजना गरिएको शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथ थारु संघकी केन्द्रिय उपाध्यक्ष भगवति चौधरीले संविधानमा समेटिन नसकेका मधेशी तथा तथा थारु समूदायका जायज मागहरु सम्बोधन हुनु पर्ने बताए । कार्यक्रममा एमालेका केन्द्रिय सचिव भिम आचार्यले तराइ मधेशमा जारी आन्दोलन र आन्दोलनकारीका जायज माग सम्बोधनका लागि सिङगो पाटी र सरकार कटिवद्ध रहेको बताउँदै आन्दोलन छाडी वार्तामा आउन मधेशी दललाई आग्रह गरे ।
कार्यक्रममा थारु, मधेशी , आदीवासी, जनजाती प्रतीनिधी लगायत पाटी नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सभासद रेवतीरमण भण्डारी, पाटी जिल्ला अध्यक्ष द्धारिकलाल चौधरी, केन्द्रिय सदस्य महफुज अन्सारी लगायतकाले बोलेका थिए । कार्यक्रम भद्रनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन हेमनारायण चौधरीले गरेका थिए ।