12233417_964945746886686_1789128824_n

इनरुवा २३, कात्तिक/ जिल्ला विकास समिति सुनसरीले गत आर्थिक वर्ष २०७१।७२ मा संचालन गरेका योजना तथा कार्यक्रमहरुको समिक्षा गरेको छ ।इनरुवामा आजबाट सुरु भएको समिक्षा कार्यक्रममा जिविस मातहत रहेर संचालित ५० बढी सरकारी तथा गैरसरकारी योजना तथा कार्यक्रमहरु उपर समिक्षा थालेको हो । समिक्षा गोष्ठीको उद्घाटन गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जुनकुनै शिर्षकमा छनौट भई संचालनमा रहेका कार्यक्रमहरु लक्षित वर्ग केन्द्रित हुनु पर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद वाग्लेले जिल्लामा संचालित योजनाहरुको प्रभावकारिताका विषयमा आम संचार र राजनैतिक दलको खवरदारी अनिवार्य रहेको बताए । कार्यक्रमको पहिलो दिन आज विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले गत आवमा संचालन भएको योजनाहरुको प्रस्तुतिकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया