Fat

यी हुन् विश्वकै सबैभन्दा मोटी दुलही । बिहेमा यी बेहुलीलाई सिँगारपटार गर्नेलाई कति सकस भयो होला ? साँच्ची पसिनै छुट्छ होला ।
३२ वर्षकी सुजेन इमनको तौल ७३० किलो छ । उनी एक हप्तामा यति धेरै खान्छिन् की त्यसले एउटा परिवारलाई कैयौँ हप्तासम्मलाई पुग्दछ ।

यी एकल आमा सुजेनले अहिले एक्लै आफ्ना दुइ बच्चाबच्चीको हेरचाह गरिरहेकी छिन् । सुरुदेखि नै भिमकाय जिउ भएकी सुजेनले छोराछोरीको करका कारण आफ्नो तौल आधाले घटाएकी थिइन् । तर जिउको तौल घटेसँगै उनलाई उनका पूर्वप्रेलीले छाडे । बिहे गर्न ठिक्क परेकी र गाउन समेत सिलाइसकेकी सुजेन हिस्स भइन् ।

तर अहिले उनले अर्को मनको राजा फेला पारेकी छिन् । र, ऊसँग आफ्नो विवाहको विषयलाई लिएर निकै उत्साहित छिन् । उनी दुनियाकै सबैभन्दा वजनदार दुलही बन्न चाहन्छिन् ।

उनी एक सुपरसाइज मोडेल पनि हुन् । मोडलिडबाट राम्रै कमाइ पनि गर्छिन् । आफ्नो जिउप्रति उनलाई माया र गर्व पनि छ । उनी दिनहुँ व्यायाम पनि गर्छिन् ।

Fat1

उनका नयाँ प्रेमी निक एबटको तौल जम्मा १६८ पाउण्ड छ । उनी पेशाले शेफ हुन् । उनी लेखक पनि हुन् र वजन घटाउने तथा पोषणका बारेमा विभिन्न किताब लेखेका पनि छन् । तथापि प्रेमिका सुसेनले एक पाउण्ड पनि तौल नघटाउन् भन्ने उनको चाहना छ ।

सुसेन निकै सेक्सी तथा आकर्षक रहेको उनी बताउँछन्। अनलाइखबरबाट

तपाईको प्रतिक्रिया