Gajar

केही मानिसको शोख कति भयानक हुन्छ की उनीहरु त्यो शोख पूरा गर्नका लागि आफ्नो ज्यानलाई जस्तोसुकै पीडा दिन तथा कुरुप बनाउन तयार हुन्छन् । आफ्नो घरमा पालेको सुगाप्रति यतिधेरै पागल भएका एक पुरुषले आफुलाई पनि उक्त सुगाजस्तै बनाउनका लागि आफ्ना दुइवटै कान काटेर बुच्चो बनाएका छन् ।

त्यतिमात्र होइन अब उनले आफ्नो नाकको सर्जरी गरेर सुगाको ठोँड जस्तै बनाउने योजना समेत बनाएका छन् । उनले अज्ञात अस्पतालमा ६ घण्टाको अपरेशनमार्फत आफ्ना दुबै काट कटाएका थिए । यसरी कान कटाउने अप्रेशन बेलायतमा अवैध मानिन्छ र सर्जनलाई कारवाही हुने भएकाले उनले सर्जरी गरिएको ठाउँ र डाक्टरको विषय गोप्य राखेका छन् ।

SUga1

बेलायतको ब्रिस्टोलका बासिन्दा ५६ वर्षीय टेड रिचार्डसनले जिउमा ११० वटा टाटु खोपिसकेका छन् । उनले जिउमा थप ५० वटा प्वाल पारेर सियो रोप्नुका साथै जिब्रो समेत चिरेका छन् । अब उनी यस्तो सर्जनको खोजीमा छन् जसले उनको नाकलाई चराको ठोँड जस्तो बनाइदियोस् ।जुत्ता कारखानाका अवकाशप्राप्त कर्मचारी रिचार्डसनले आफ्नो घरमा ५ वटा सुगा पालेका छन् । सुगुरका साथै उनको घरमा हरियो छेपारो र कुकुर पनि पालिएको छ । सुगाहरुको नाम इली, टीका, टिम्नेह, जेक र बुबी राखेका छन् ।

सन् १९७६ मा पहिलोपटक जिउमा टाटु खोपाएका उनको जिउमा सद्धे ठाउँ कतै पनि छैन र केही न केही मोडिफिकेसन गरेकै छन् । उनले बायाँ पाखुरामा साढे ७ सय डिग्री सेल्सियस तातो फलामले डामेर टाटु बनाएका छन् भने हातमा दुइवटा चुम्बक प्रत्यारोपण गरेका छन् ।

आफ्नो अनुहारको परिवर्तन अर्थात् सुगास्वरुप आफ्ना दुइ सुगाहरु इली र टीकाप्रति समर्पित गर्ने उनको भनाइ छ । आफु आफ्नो यस्तो स्वरुपप्रति निकै खुसी रहेको उनको दाबी छ । उनले हालै गर्लफ्रेण्ड पनि भेट्टाएका छन् । ३१ वर्षकी प्रेमिका सुजाना पनि लगभग उनकै आनीबानीकी छिन् । उनले पनि जिउमा टाटु तथा सियो खोप्नुका साथै जिब्रो चिरेकी छिन् ।अनलाइनखबरबाट

Suga2

 

तपाईको प्रतिक्रिया