लौकही सुनसरी/नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले संविधान संशोधनको पक्षमा उभिने बताउनु भएको छ ।
पार्टीको सुनसरी ५ नम्वर क्षेत्रीय भेलालाई सम्बोधन गर्न लौकही पुग्नु भएका देउवाले संचारकर्मीहरुसँगको कुराकानीमा तत्काल विरोधमा उत्रिएपनि अन्ततः एमाले संविधान संशोधनको प्रकृयामा समावेश हुने बताउनु भएको हो ।देउवाले संविधान संशोधन मधेशी दलका लागि नभएर जनताका लागि भएको प्रस्ट्याउनु भएको छ ।

मोर्चाले संविधानको संशोधन स्विकार्न नसकिने भन्दै सच्याउन माग गरिरहँदा सत्तारुढ दल नेपाली काँग्रेसका सभापति देउवाको त्यस्तो टिप्पणी आएको हो ।एक अर्को प्रशंगमा देउवाले क्षेत्र नम्वर १ कुनैपनि हालतमा नुटुक्रिने दावी समेत गर्नु भयो ।झापा, मोरङ र सुनसरी कुनैपनि हालतमा नुटुक्रिने र १ नम्वर प्रदेशका विषयमा कुनेै हेरफेर नहुने वहाँको भनाई थियो ।सरकारले पेश गरेको संविधान संसोधन पास हुन नसकेपनि वर्तमान सरकारको समिकरणमा भने परिवर्तन नआउने समेत स्पष्ट पार्नु भयो ।

तपाईको प्रतिक्रिया