२१ मंसिर, सिरहा।अबैध रुपमा भारतीय बजारबाट ल्याउँदै गरेको ४५ हजार वरावरको हाँस र कुखुराको चल्ला आइतबार प्रहरीले पक्राउ गरी नष्ट गरेको छ ।

अवैध रुपमा साइकलमा राखी चोर बाटो हुँदै ल्याउदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय सिरहाका टोलीले बसविट्टा बाट २ सय हास र ४ सय कुखुराको चल्ला पक्राउ गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

चल्ला व्यापारीले प्रहरीलाई देख्ने वितिकै चल्ला सहितको साइकल छोडी भागेको र पक्राउ परेका हाँस र कुखुराको चल्लालाई जिल्ला पशु सेवा कार्यालय सिरहाका हातामा खाल्डो खनी पशु क्वारेन्टाइन चेक पोष्ट माडरका डा.मनिकलाल यादव पशुसेवाका कर्मचारी, वडा प्रहरी कार्यालयका प्रहरी जवान राजेश्वर सरदार लगायतका विभिन्न व्यक्तिहरुको रोहवरमा नष्ट गरिएको छ ।अमर पासमानको सहयोगमा

तपाईको प्रतिक्रिया