२२ मंसिर, सप्तरी। सप्तरीको बोदेबर्साईन ८ मा मंगलबार आगलागीम परी दुई घर क्षति भएको छ। बोदेबर्साईन ८ बस्ने लाल मोहमद आलमको गाई गोठबाट बिहान ३ बजेतिर अचानक आगलागी भएको हो।

गोठमा सल्किएको आगोले आलमको घर, गोठ तथा छिमेकी अनिता देवी पण्डितको घर तथा भान्सा कोठा जलेका छन्। गोठ जल्दा आलमको दुई वटा गोरू र एउटा बाख्रासमेत मरेका छन भने दुबै परिवारको अन्दाजी एक लाख पचहत्तर हजार बराबरको क्षति भएको अनुमान गरिएको छ। आगो इलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट खटिएको प्रहरी टोली र स्थानीय मानिसको सहयोगमा बिहान ५ बजे नियन्त्रणमा आएको छ।

तपाईको प्रतिक्रिया