२४ मंसिर, इटहरी। पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी उपरीक्षक शौरभ राणाले इटहरी तथा पूर्वी नेपालका ट्राफिक ब्यवस्थापनलाई उच्च सचेतनाका साथ ध्यान दिईने कुरामा जोड दिनुभएको छ । भरखरै सरुवा भई आउनु भएको ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी उपरीक्षक राणाले आज कार्यालयमा नै पत्रकार सम्मेलनको आयोजना गरि त्यस्तो प्रतिबद्धता जाहेर गर्नुहुँदै इटहरीमा देखिएका ट्राफिक जाम ब्यवस्थापनका लागि बैकल्पिक उपायहरुको खोजी गरिएको पनि जानकारी दिनुभयो ।

पूर्वाञ्चलकै बढि सवारी साधनको चाप बढिरहेको इटहरीको चारैतिर ट्राफिक ब्यवस्थापन मिलाई सवारी चाप अर्थात ट्राफिक जाममा कमि ल्याउनका लागि ट्रयाक्टर लगायतका सवारी साधनलाई पूर्वी बुढिखोलको मिलन चोकदेखि दक्षिण तर्फको सडक प्रयोग गरिने र साना तथा हलुका सवारी साधनको ब्यवस्थापनमा पनि उच्च सतर्कता अपनाईने पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

सिमित जनशक्तिको अधिकत प्रयोग गरि सवारी ब्यवस्थापनसँगै दुर्घट्नामा कमि ल्याउनका लागि पूर्व क्षेत्रीय ट्राफिक प्रहरीले आफु र मातहतका सवै युनिटहरुलाई सक्रिय बनाई सडक सदुपयोगलाई ब्यवस्थित पारिने तथा त्यसका लागि सवै निकाय एवम नागरि समाजले पनि सहयोग पुर्याउन उहाँले सार्वजनिक रुपमा आग्रह समेत गर्नुभयो ।

यसैगरी पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले तराईमा यतिबेला बाकुलो हुस्सु लाग्ने र सवारी चलाउँदा फगि लाईटको प्रयोग गर्नु पर्ने र कम भिजन देखिने लाईट भएका सवारी साधन चलाउँदा अधिकतम दुर्घट्नाको सम्भावना बढि हुने भएकाले त्यसका लागि सवारी धनी वा चालकहरुले अधिकृत सतर्कता अपनाउन पनि आग्रह सहितको १७ बुँदे सचेत पत्र पनि जारी गरेको छ ।

बाकुलो हुस्सु लागेका बेला नजिकै आईसकेको सवारी साधन पनि देख्न नसकिने भएकाले सवारी चलाउँदा सँधै उच्च जिम्मेवार र सचेत भई सवारी चलाउनु पर्ने विषयमा सवै सवारी चालकहरुलाई निर्देर्शित गर्दै क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले भिजन कम देखिने लाईट भएका सवारी साधन सकेसम्म प्रयोगमा नल्याउन पनि सचेत गराएको छ । तोकिएको समयसिमाभित्र रहेर सवारी चलाउनु पर्ने र सडक लेनको अधिकतम प्रयोग गर्नु पर्ने, तिव्रगतिमा कहिल्यै सवारी नचलाउने हाजर्ड लाईटका प्रयोग गर्नु पर्ने वाईफर दुरुस्त हुनु पर्ने लेनको रेखालाई आधार मानेर सवारी चलाउनु पर्ने लगायतका कुरालाई विशेष रुपमा पालना गर्न पनि सचेत गराईएको छ ।

तपाईको प्रतिक्रिया