२४ मंसिर, सुनसरी । नेकपा माओवादि केन्द्रको जारी एकता भेला अभियान अन्र्तगत आज धरानको सुनसरीमा अखिल क्रान्तिकारीको जिल्ला एकता भेला सम्पन्न भएको छ । पुर्वाअन्चल इन्जीनियरिङ्ग क्याम्पसको सभाहलामा सम्पन्न जिल्ला भेलाले खेम रनपहेलीको संयोजकत्वमा ७१ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरेको छ ।
क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष मदन अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पार्टिका तर्फबाट पोलिटब्यूरो सदस्य मुक्सामहाङ मेन्याङ्बो(क.मुकेश), केन्द्रिय सदस्यद्धय आइन्द्र विक्रम बेघा, नुलम राई, क्रान्तिकारीका केन्द्रिय सचिवद्धय मदन चुडाल, लक्ष्मि प्रधान, केन्द्रिय सदस्य सिपि बजगाई, प्रवेग लिम्बु, विदुर महत लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्लामा रहेका विभिन्न ईकाई र क्षेत्रिय कमिटिका गरि सयौको संख्यामा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन आयोजक कमिटिका सदस्य बुद्रोस लिम्बुले गर्नु भएको सदस्य लिम्बुले जानकारी दिनुभयो ।