२४ मंसिर, सप्तरी। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रायपुर ८ मा शुक्रबार दिउँसो बसले म्याजिक भ्यानलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन। राजबिराजबाट कन्चनपुरतर्फ जादै गरेको को. १ ज १६५२ नम्बरको म्याजिक भ्यानलाई ना.५.ख २८८४ नम्बरको बसले ठक्कर दिएको हो।

बसको ठक्करबाट भ्यानमा सवार नामथर वतन नखुलेको अन्दाजी ६० वर्षिय एक पुरुषको उपचारकाक्रममा अंचल अस्पताल राजविराजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ।

त्यस्तै घाइतेहरुमा सप्तरी सितापुर ५ का रामचन्द्र साह, तेह्रौता २ का रतिलाल राम, तेह्रौता २ की मोनर देवी राम, रुपनगर नगरपालिका बस्ने दुखनी सरदार र सितापुर ५ का पितमलाल चौधरी छन । घाइतेहरुको अंचल अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्याल रुपनीमा राखिएको छ।

तपाईको प्रतिक्रिया