kabddi

इनरुवा मंसिर २८/सुनसरीको इनरुवामा सम्पन्न क्षेत्रीय छनौट अन्र्तगतको कबड्डी खेलबाट सातौं राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने खेलाडीको टुङ्गो लागेको छ । क्षेत्रीय प्रतियोगितामा प्रर्दशनको आधारमा खेलाडीहरुको अन्तिम नामावली तयार पारिएको हो । पुरुष तर्फको अन्तिम १२ मा पर्ने खेलाडीहरुमा सप्तरीका ६ जना रहेका छन् ।

सुनसरी र उदयपुरबाट १–१ जना त्यसैगरी झापा र मोरङका २–२ जना छन् । त्यसैगरी महिला तर्फ क्षेत्रीय विजेता बनेको झापाका ५ खेलाडी अन्तिम छनौट सूचिमा पर्दा मोरङका ३, सुनसरी,सप्तरी,उदयपुर र ओखलढुङ्गाका १–१ जना राष्ट्रिय प्रतियोगिताको छनौटमा पर्न सफल भएका छन् । कबड्डि तर्फको पुरुषको उपाधी सप्तरीले हात पार्दा महिलाको उपाधी भने झापाले चुमेको थियो ।

तपाईको प्रतिक्रिया