फाईल फोटो
फाईल फोटो

नवलपरासी २४ कार्तिक । मधेशमा सशस्त्र समूहहरु सक्रिय हुन थालेका छन् । आन्दोलनसँगै सशस्त्र समूहले गतिविधि तीब्र बनाएको छ ।

नवलपरासीको जिल्ला सदरमुकाम परासीमा सोमवार अपरान्ह बम विस्फोट गराईएको छ । बम विस्फोटको घटनाले स्थानीयवासीलाई त्रसित बनाएको छ ।

परासीको लोकतान्त्रिक चोकमा सेतो झोलामा राखिएको शंकास्पद वस्तुको चेकजांच गर्दा प्रेशर कुकरमा जडान गरिएको टाईम बम फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी अर्जुन रानाभाटले जनाएका छन् ।

स्थानीयले दिएको खबर पश्चात आएको नेपाली सेना परासीको बम डिस्पोजल टोलीले बम डिस्पोज गराएको छ । झोलामा राखिएको सो वस्तु प्रेशर कुकरमा जडान गरिएको टाईम बम रहेको नेपाली सेना परासीका प्रमुख सेनानी पुर्ण प्रसाद ढकालले  बताएका छन्  ।

झोलामा बमसंगै सशस्त्र भूमिगत सुमहको पर्चा भेटिएको डिएसपी रानाभाटले जनाएका छन् । पर्चामा अखिल तराई मुक्ति मोर्चा, मधेश मुक्ति टाईगर्स तराई र तराई कोबरा लेखिएको छ । तर डिएसपी रानाभाटले बमसंग राखिएको सो पर्चा पुरानो भएको बताएका छन् । परासीमा त्रास फैलाउनका लागि सो बम राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले घटना र पर्चा दुबैको चांज भैरहेको बताएको छ ।हुलाकिन्युजबाट

तपाईको प्रतिक्रिया