२ पुस, ईलाम। ईलामको बरबोटे गाविस २ बस्ने दल बहादुर लिम्बुको घरमा शुक्रबार राती आगलागी हुँदा आठ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ। लिम्बुको भान्सा कोठाबाट राती १२ बजेतिर अचानक आगलागी भएको हो। भान्सामा लागेको घरमा सल्किएर लिम्बुको दुई तले पक्की घर तथा सो घरभित्रका सामानहरु जलेकको पिडितले बताए। आगलागी बिहान ३ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ।

तपाईको प्रतिक्रिया