वाशिंगटन डीसी । नेपाली चेली ममता कँडेलको निधनको समाचार सेलाउन नपाउँदै सवारी दुर्घटनामा अर्का नेपालकी निधन भएको छ । फ्लोरिडा राज्यमा भएको एक कार दुर्घटनामा २० बर्षीय संगम सुवेदीको मृत्यु भएको हो । फ्लोरिडा राजमार्ग गस्ती प्रहरीका अनुसार राज्य अन्तर्गत राजमार्ग २० तथा ७९ मा भएको सवारी साधन दुर्घटना सुवेदीले ज्यान गुमाएका हुन् ।

प्रहरीको प्रतिवेदन अनुसार बिद्यार्थी सुवेदी राजमार्ग ७९ को दक्षिणतर्फ यात्रा गर्ने क्रममा ४ बजेर ७ मिनटमा सडकमा रातो बत्ती बलेको समयमा गाडी रोक्न नसक्दा दुर्घटनामा परेका थिए । उनको गाडी मालबाहक गाडीमा ठोक्किन पुगेको थियो ।

उनको गाडीले २०१३ को अर्को लामो मालबाहक गाडीलाई ठक्कर दिएको थियो । उक्त गाडीमा सुवेदी बाहेक २० बर्षीया छात्रा श्रद्धा सी ठाकुरी तथा १९ बर्षीय असलीशा पन्डित यात्री थिए । उनीहरु गम्भीर घाइते भएका छन् र, अस्पताल भर्ना गरिएको छ ।गाडीमा रहेका तेस्रो यात्री महिला रहेको र उनको मृत्यु भएको खबर छ । तर, उनको सनाखत हुन सकेको छैन् । बिभिन्न अनलाइनहरूकाे सहयाेगमा 

तपाईको प्रतिक्रिया