पुष ७ इनरुवा / हिंसाको शिकार बनेकी राधा यादवको दोषी उपर कार्वाहीको माग गर्दै विद्यार्थीहरुले सुनसरीको इनरुवामा प्रर्दशन गरेका छन् ।लौकही २ की राधाकुमारी यादवको हत्यामा संलग्नहरु पक्राउ पर्न नसकेकाले तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै विद्यार्थीहरुले इनरुवामा प्रर्दशन गरेका हुन् ।
सुनसरी बहुमुखी क्याम्पसबाट निस्केको विरोध र्यालीले जिल्ला प्रहरी कार्यालय सुनसरीको मूल गेटमा धर्ना दिनुका साथै पूर्व पश्चिम राजमार्गमा समेत केहीबेर अवरोध पुर्यायो ।घटना भएको १५ दिन बितिसक्दा समेत घटनामा संलग्नहरु पक्राउ पर्न नसकेको भन्दै विद्यार्थाीहरुले प्रहरी प्रशासन विरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।कक्षा ७ मा अध्ययरनत १७ वर्षिया राधा मंसिर २१ गते घरनजिकै धानखेतमा मृत भेटिएकी थिइन् । सुनसरी प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।