sirak dasna mechine

७ पुष, प्रतीक श्रेष्ठ  बिराटनगर। दैनिक रुपमा बढ्दै गएको तराइको चिसो संगै सिरक डस्ना बनाउने कारिगण (धुनिया) का लागी भने सिजन सुरु भएको छ । सिजन सिजनमा काम हुने भएपनी मेसिन निस्कीएको कारण अव १२ महिना काम हुन सक्ने सिरक डस्नाका कारिगण कैला मिया ले बताए ।

बिभिन्न क्षेत्रमा सिरक डस्ना बनाउन जाने गरेका कैला मिया आफ्ना ३ छोरा सहित काम गरीरहेका हुन्छन् । दैनिक रुपमा ३ देखि ४ हजार सम्म कमाइ हुने गरेको उनको भनाइ छ । आफ्ना नाबालक ३ छोरा मध्ये १ जना मात्रै अहिले बोर्डिग स्कुलमा पढ्ने गरेको छ ।

परीवारको दैनिकि चलाउनकै लागी आफ्ना छोरा हरुले काममा सहयोग गर्ने गरेको कैला मिया बताउँछन् । मोरंगको डाइनियाँ मा स्थाइ बसोबास भएका कैला मियाको काम गर्ने क्षेत्र भने मोरंग जिल्ला को बिभिन्न गाबिस हरु रहेका छन् । दैनिक ३० देखि ४० किलो सम्मको सिरक डस्ना बनाउँदा सवै खर्च काटेर १ हजार सम्म खर्च हुने र बाँकि बचत हुने गरेको छ । सिजनमा मात्रै काम हुने गरेकाले पनी परीवारका सदस्य हरुलाई नै काममा लगानउनु परेको उनको दुखेशो रहेको छ ।

तपाईको प्रतिक्रिया