२५ कात्तिक, काठमाडौं । मधेसी मोर्चासँग सोमबार वार्ता गर्ने सरकारी प्रयास सफल हुन सकेन । र, अब अर्को वार्ता कहिले हुन्छ भन्ने टुंगो छैन । भारतको नाकाबन्दीको असरका बीच तिहार सुरु भएको छ । लगत्तै तराई मधेसको ठूलो पर्व छठ आउँदैछ । सरकारी र मधेसी मोर्चा दुबै पक्षका वार्ताकारहरु अब शीर्ष तहमा सम्वाद जरुरी रहेको बताउँछन् । तर, यो वीचमा प्रमुख दलहरुको बीचमा कुनै सम्वाद भएन ।

Gov-Madhesi-Barta

बरु वार्ताको वातावरण नै खल्बलिन सक्ने गरी वीरगञ्ज र राजविराज घटना भयो । जसले सोमबार वार्ता गर्ने सरकारको प्रयास सफल मात्र भएन, दुरी बढेको सन्देश समेत गएको छ । मधेसी मोर्चाको वार्ता टोली सदस्य रामनरेश राय सीमांकनबारे शीर्षतहमा सम्वाद हुन जरुरी रहेको स्वीकार गर्छन् । तर, सरकार गम्भीर नभएको तमसपाका वरिष्ठ नेता रायको आरोप छ । सरकारले गम्भीर रुपमा वार्ता पनि नगर्ने र हुन्न पनि नगर्ने गरेको मधेसी मोर्चाका वार्ताकारहरुको आरोप छ ।

तपाईको प्रतिक्रिया