Ram-baran-Yyadav

जनकपुरधाम २५ कार्तिक । पूर्वराष्ट्रपति डा.रामबरण यादव मंगलबार आफनो पैतृक गाउँ सपही फर्केका छन् । यादव निकट व्यक्तिहरुका अनुसार दिपावली र छठ मनाउन गाउँ आएपनि उनी समाजिक कार्यहरुमा सक्रिय हुने छन् ।

पूर्वराष्ट्रपति गाउँ फर्किदा स्थानीयबासीहरुले भव्य स्वागत गरेका छन् । यादवलाई गाउँबासीहरुले गाउँमै बसेर समाजिक कार्यमा सक्रिय हुन सुझाव पनि दिएका छन् ।डा.यादवलाई पुरानै स्वास्थ्य सेवामा फर्केर मधेशका जनतालाई सेवा दिन र समाजिक कार्यमा सक्रिय हुन उनका समर्थकहरुले सुझाव दिएको हो ।मंगलबारदेखि डा. यादवलाई भेट्न स्थानीयबासीहरुको घुँईचो लागेको छ । यादवलाई भेट्न आउने अधिकांशले गाउँमै बस्न यादवलाई सुझाव दिएको हो ।यता यादव निकट व्यक्तिहरुका अनुसार यादव दिपावली र छठ पछि पुनः काठमाडौं फर्किनेछ ।हुलाकिन्युजबाट

तपाईको प्रतिक्रिया