१० पुष, इटहरी। पूर्वी नेपालको सुनसरी मोरङ्ग झापा सिरहा सप्तरी धनकुटा इलाम लगायतको जिल्लामा भई रहेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत २ हजार १ सय ४२ पदकका लागि भई रहेको खेलमा आजसम्म १ सय २० पदकको खेल सम्पन्न भईसकेका छन ।
पछिल्लो सम्पन्न भएका खेलहरुको पदक तालिका अनुसार नेपाली सेनाको खेलाडीहरु कुल पदकमध्ये खेल भएको दोस्रो दिनसम्ममा आईपुग्दा १३ स्वर्ण १४ रजत र ९ कास्य पदक प्राप्त गर्दैै खेल तालिकामा उच्च स्थान हासिल गरेको छ ।

यसैगरी नेपाल प्रहरीको खेलाडीले ९ स्वर्ण ७ रजत र १४ कास्य पदक प्राप्त गर्दै खेल तालिमा दोस्रो स्थान ओगटेको छ भने शसस्त्र प्रहरी टिमले ६ स्वर्ण ७ रजत र ९ कास्य पदक सहित तेस्रो स्थानमा रहन पुगेको छ । नेपाल प्रहरी नेपाली सेना र शसस्त्र प्रहरीको विभागीय टिमहरुको बर्चश्व रहिरहेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा पूर्वी नेपालका सर्वसाधारणकाबीचमा खेलका विषयमा खासै चासो नरहे पनि ८ गते विराटनगरमा राष्ट्रपतिबाट उद्घाटन भएको खेल कहाँ के भई रहेको छ भनेर यस क्षेत्रका सवै सक्रिय सञ्चारकर्मीहरुलाई समेत राखेपले स्पष्ट जानकारी दिन सकेको छैन ।

यस क्रममा मध्यमाञ्चल टिमले ५ स्वर्ण ४ रजत र ५ कास्य सहित १४ पदक जितेको छ । त्यस्तै मध्यपश्चिमाञ्चलले १ स्वर्ण २ कास्य र २ रजत पदक सहित ६ पदक प्राप्त गरेको छ भने सुदूरपश्चिमाञ्चल टिमले पनि १ स्वर्ण ५ कास्य सहित ६ पदक प्राप्त गरेको छ । खेलमा पूर्वाञ्चल टिमले १ रजत र ४ कास्य सहित ५ पदक तथा पश्चिमाञ्चल टिमले हालसम्म २ कास्य पदक प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया