gyanendra baktabya swagat inaruwa7 gyanendra baktabya swagat inaruwa3
अमर काफ्ले पुष ११ इनरुवा /केहिदिन अघि पूर्वराजा ज्ञानेन्द्र शाहले जारी रहेको विज्ञप्तीको स्वागत गर्दै सुनसरीका राजाबादीहरु मोर्चाबन्दी सहित अघि बढ्ने निर्णयमा पुगेका छन् ।पूर्व राजाको पछिल्लो वक्तब्यले राजाबादीहरुलाई संगठित हुन इङ्गित गरेको निष्कर्श सहित सुनसरी सहित आसपासका जिल्लाका राजाबादीहरु एकजुट भई अघि बढ्ने निर्णयमा पुगेका हुन् ।

gyanendra baktabya swagat inaruwa6 gyanendra baktabya swagat inaruwa5
बृहत राजाबादी मोर्चा सुनसरीले आज इनरुवामा आयोजना गरेको कार्यक्रममा मोरङ्ग, झापा, सप्तरी सहितका अगुवा राजाबादीहरुको भेलाले पूर्वराजाको वक्तब्यको स्वागत सहित आगामी रणनीति तयार पार्ने निर्णय गरेको छ ।मोर्चा संयोजक सिनेट श्रेष्ठको अगुवाईमा राजाबादीहरुको र्यालीले राजसंस्था र हिन्दु राष्ट्रका नारा सहित इनरुवा नगर परिक्रमा समेत गरेको थियो । कार्यक्रमका वक्ताहरुले दलीयतन्त्र हावी हुँदा सर्वसाधारणका अधिकार कुण्ठित हुने पुगेको र  सार्वभौम मूलुकको अस्थितत्वनै खतरामा पुगेको धारणा राखेका थिए ।

gyanendra baktabya swagat inaruwa4 gyanendra baktabya swagat inaruwa2 gyanendra baktabya swagat inaruwa1 gyanendra baktabya swagat inaruwa

तपाईको प्रतिक्रिया