फोहोर तथा असुद्ध भोजन खानाले पेटमा किटाणु पर्दछ र यसबाट पेटमा वायू बढ्ने, अपच हुने, पेटमा दुखाई बढ्ने र ज्वरो आउनेजस्तो समस्याहरु हुने गर्दछ । पेटमा जम्मा भएका किटाणुहरु निकाल्नको लागि अस्पताल नै जानु पर्दैन । सामान्य अवस्थामा सामान्य घरेलु उपायबाट पनि पेटबाट किटाणु निकाल्न सकिन्छ ।

पेटमा किटाणु बढ्दै जानु भनेको स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ । यस्तो समस्या धेरैजसो बच्चाहरुलाई देखिन्छ । पेटमा पर्ने यस्ता किटाणुहरु झण्डै २० प्रकारका हुन्छ जसले आन्द्राहरुमा घाउ बनाउन पनि सक्छ ।

यस्तो अवस्थामा बिरामीलाई अपच हुने, पेटमा ग्याँस बढ्ने, मुटुको धड्कन असामान्य हुने, पेट दुख्ने र ज्वरो आउनेजस्ता समस्याहरु देखिन्छ । यसले रोगीलाई खाना खान मन नलाग्ने र कसैकसैलाई त रिंगटा पनि लाग्ने गर्दछ ।

फोहोरका कारण पेटमा किटाणु बढ्दछ । असुद्ध र खुल्ला स्थानमा राखेको खानेकुराले यस्तो समस्या अझै बढ्दछ । घरेलु उपचारबाटै पनि यस्ता समस्याको समाधान खोज्न सकिन्छ ।

ज्वानु
ज्वानुको सागको सेवनले पेटको किटाणु मर्दछ । यसको लागि ज्वानुको चूर्ण आधा ग्राम र त्यति नै सख्खर वा खुँदोमा मिसाएर गोली बनाएर तीनमा तीन पटक बिरामीलाई सेवन गराउनु पर्दछ । ज्वानुमा एन्टी–ब्याक्टेरियल तत्व पाइन्छ, जसले किरालाई नष्ट गर्दछ । यसरी घरेलु उपचार गर्दा २–३ दिनमै पेटको किटाणुहरु पूर्णरुपमा नष्ट हुन्छन् ।

कालो नुन
एक चिम्टी कालो नुन र आधार ग्राम ज्वानुको चुर्ण मिलाएर रातको समयमा दैनिकरुपमा तातो पानीले खानाले पेटको किटाणुहरु मर्दछन् । यदि ठूलो मान्छेलाई यस्तो समस्या छ भने कालो नुन र ज्वानाको मात्रा बराबरी बनाएर सेवन गर्नुपर्दछ । बिहान बेलुका यसको सेवनले पेटको किरा नष्ट हुन्छन् ।

अनारको बोक्रा
बच्चा होस् कि बयस्क मानिस दुवैको पेटमा किटाणु वा किरा रहेको छ भने अनारको बोक्रा एकदमै फाइदाजक हुन्छ । अनारको बोक्रालाई सुकाएर त्यसको धूलो बनाउने र यसलाई दिनमा तीनपटक एक एक चम्चा सेवन गर्नाले धेरै राहत मिल्दछ । केही दिनकै यस्तो अभ्यासले पेटको किरा पूर्णरुपमा नष्ट हुन्छ ।

निमको पात
निमको पातको सेवनले पनि पेटको किरा मर्दछ र विभिन्न किसिमका समस्याहरु समाधान हुन्छ । निमको पातमा पनि एन्टीबायोटिक हुन्छ जसले पेटको किरालाई नष्ट पार्दछ । निमको पातलाई पिंधेर त्यसमा मह मिलाएर पिउँदा धेरै छिटो फाइदा हासिल हुन्छ । विशेषगरी बिहान बिहान यस्तो औषधी सेवन फाइदाजनक हुन्छ ।

गोलभेडा
गोलभेडाको प्रयोगले तरकारीको स्वाद बढाउने मात्र होइन, यसले पेटको किटाणु पनि नष्ट गर्दछ । गोलभेडा काटेर त्यसमा नुन र कालो मरिचको धूलो मिसाएर खानु फाइदाजनक हुन्छ । यस्तो घरेलु सामग्री खाँदा पेटको किटाणु पर्दछन् र मरेको किरा मलद्वारबाट बाहिर निस्कन्छ ।

लसुन अचार
पेटको समस्या हुनेहरुले यसबाट छुटकरा पाउन र पेटलाई पूर्णरुपमा सफा गर्न लसुनको प्रयोग फाइदाजनक हुन्छ । बच्चा होउन वा बुढा, उनीहरुको पेटका किटाणु छन् भने लसुनको अचारले धेरै फाइदा पुर्याउँछ । लसुनको अचार बनाएर त्यसमा थोरै ढिका नुन राखेर खाँदा बिहान बेलुका खाँदा पेटको किटाणु नष्ट हुन्छन् ।

तुलसीको पात
तुलसीको पातमा पनि एन्टी ब्याक्टीरियल हुन्छ, कुनै पनि प्रकारको संक्रमण भएमा तुलसीको पात प्रयोग गर्न सकिन्छ । यदि पेटमा किटाणु छ भने दिनको दुईपटक तुलसीको पातको रस सेवन गर्नाले तत्काल फाइदा पुग्दछ । यसले पेटको पनि पूर्णरुपले सफाइ गर्दछ र वायू भरिने र कब्जियत हुने समस्याबाट पनि मुक्ति मिल्दछ ।

काँचो आँपको कोया
काँचो आपको कोयाको सेवनले पनि पेटको किटाणु मार्न सहयोग पुग्दछ । यसको लागि काँचो आँपको कोयाको धूलो पानीसँग बिहान बेलुका खानु पर्दछ । यसको नियमित सेवनपछि केही दिनमा नै पेटको किटाणु बाहिर निस्कन्छन् ।ओन्लिआयुर्वेदबाट

तपाईको प्रतिक्रिया