Lebanan-blast

२७ कात्तिक, काठमाडौं । लेबनानको राजधानी बेरुतको दक्षिणी इलाकामा भएको दुई बम विस्फोटमा कम्तिमा ४० जनाको मृत्यु भएको छ । थुप्रै मानिसहरु घाइते भएका छन् ।घटनाको गम्भीरतालाई मध्यनजर गर्दै लेबनान सरकारले देशमा राष्ट्रिय शोकको घोषणा गरेको छ । अधिकारीहरुका अनुसार बुर्ज अल बरानजेह जिल्लामा दुबै विस्फोट आत्माघाती थियो ।यो क्षेत्र शिया बाहुल्य क्षेत्र हो । यहाँ हिजबुल्लाह लडाकूहरुको पकड छ । विस्फोट भएको प्यालेस्टायनी शरणार्थीहरुको एक शिविर पनि थियो ।हिजबुल्लाहले सिरियामा चलिरहेको संघर्षमा राष्ट्रपति बशर अल असदको समर्थनमा महत्वपूर्ण भूमिका खेलेको छ ।

जबदेखि सिरियामा संघर्ष चलिरहेको छ, जबसम्म बेरुतमा पटक पटक विस्फोट भइरहेको छ । जसका कारण लेबनानमा सुरक्षा र स्थिरतालाई लिएर निकै चिन्ता व्यक्त भइरहेको छ ।

तपाईको प्रतिक्रिया