satau rastriya khelkud samapan sport

१६ पुष, इटहरी। सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा सातौ राष्ट्रिय खेलकुदको भब्य समारोहका साथ समापन भएको छ ।
आजको समापन खेलमा शसस्त्र प्रहरी र नेपाली सेनाबीचको फुटबल फाईनलको प्रतिस्पर्धासँगै सातौ खेलकुदको उपाधी शसस्त्र प्रहरीले विजय हासिल गरेको छ ।

फुटबलको फाईनल खेलमा शसस्त्र प्रहरीले नेपाली सेनाको टिमलाई २–० गोलले पराजित गर्दै फाईनलको उपाधी अर्थात स्वर्ण पदक प्राप्त गर्ने सशस्त्र प्रहरी तथा उपविजेता नेपाली सेना र  फुटबल खेलमा तेस्रो स्थान प्राप्त गर्ने नेपाल प्रहरी टिमलाई स्वर्ण रजत र कास्य पदक समेत उपराष्ट्रपनि पुनले प्रदान गरेका थिए । आजको फुटबल फाईनल खेलमा शसस्त्र प्रहरीका अन्जन विष्टले २ गोल गरेका थिए । साथै सोही समारोहमा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका सवै खेलहरुमा उच्च पदक प्राप्त गर्दै शिर्ष स्थानमा रहेको नेपाली सेना दोस्रो भएको नेपाल प्रहरी र तस्रो स्थान प्राप्त गर्न सफल शसस्त्र प्रहरी टिमलाई प्रथम दोस्रो र तेस्रो स्थानको उपाधी पनि हस्तान्तरण गरिएको छ ।

football satau khelkud sport
मध्यपश्चिमाञ्चलको नेपालगञ्जमा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने घोषणा सहित मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीलाई झण्डा हस्तान्तरण गरिएकोे छ । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्गले विभिन्न कठिनाई र भौतिक पूर्वाधार अभावको बाबजुद पनि राष्ट्रको गौरव राख्नेगरी खेलाडीहरुले विभिन्न किर्तिमान समेत राखेको राम्रा खवरहरुले एकचोटी नेपाल राष्ट्रले खेलकुदबाट र्गौरवको अनुभूतिगर्न पाएकोमा आफु पनि खुशी हुन पुगेको बताए ।

उपराष्ट्रपति पुनले    विश्वमा देशको राष्ट्रिय स्वाभिमान फैलाउने र खेलाडी स्वयमको पनि  गौरवान्वित हुने महत्वपूर्ण क्षेत्र भनेकै खेल भएकाले यसलाई राज्यले पनि महत्वपूर्ण ठान्दै भौतिक पूर्वाधार विकास तथा खेलाडीहरुले गौरवको अनुभूति सहित सुखद पेशाका रुपमा खेललाई अङ्गाल्न सक्ने बातावरण बनाउनका लागि राज्यले पनि ठोस योजना एवम नीति बनाउन जरुरी रहेको कुरामा पनि उपराष्ट्रपति पुनले जोड दिएका थिए ।

राष्ट्रको चिनारी र गौरव गर्ने विषय नै खेल क्षेत्र भएकाले राज्यले पनि खेलकुदलाई अझ विकसित तुल्याउनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा निष्पक्ष भएर काम गर्न जरुरी रहेको तर्फ सम्वन्धित निकाय वा मन्त्रालयले विशेष चासो राख्नुपर्दछ उपराष्ट्रपति पुनले चिन्ता ब्यक्त समेत गर्नुभयो । सोही अवसरमा उपराष्ट्रपति पुनले सातौ राष्ट्रिय खेल चलिरहँदा धेरै नकारात्मक टिका टिप्पणी सञ्चार माध्यमहरुमा आएकाले अव उप्रान्त त्यस्तो नहोस भनेर सचेत हुन जरुरी रहेको तर्फ पनि सवैको ध्यानाकर्षण गराएको छ ।

समयमा खेल गराउन नसक्नु अनि खेल हुने स्थानमा भौतिक पूर्वाधार तयारीमा राज्यले ध्यान दिन नसक्नु वा गलत मनसाय राखेर काम गर्ने चरित्र पुरानै शैलीका हुनु आदि कारणले पनि  नेपाली खेल जगतले चाहे जस्तो परिवर्तन र विकास गर्न नसकेको तर्फ पारदर्शी भएर योजना बन्न नसक्ने हो भने कहिले परिवर्तनको अनुभूति आम नेपाली जनताले गर्न पाउने हो त्यस तर्फ पनि अव ध्यान जान जरुरी रहेको कुरामा पनि ध्यान जान जरुरी छ उपराष्ट्रपति पुनको विश्लेषण रहेको छ ।

सोही अवसरमा खेलकुदमन्त्री दलजीत श्रीपालीले विभिन्न कारणले समयमा खेल हुन नसक्नु दुखद विषय भएको चर्चा गर्नुहुँदै अहिले जे जस्तो कठिनाई भोगेर भए पनि सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो त्यो नै गौरवको विषय बन्न पुगेको बताए ।
मन्त्री श्रीपालीले नेपाल सरकारले खेल क्षेत्रमा सम्लग्न युवाहरुको जीवन सुरक्षित राख्ने र खेलमा लाग्नाले भविष्य सुन्दर बन्न सक्छ भन्ने सन्देश दिनका लागि सरकारले खेल क्षेत्रलाई नयाँ ढङ्गले हेरिरहेको तथा चाँडै खेलाडीहरुको जीवन बीमा लगायतका विषयमा ठोस निर्णय बाहिर आउने पनि जानकारी दिए ।

छोटो तयारी र भौतिक पूर्वाधारको अभाव हुँदाहुँदै पनि देशभरका खेलाडीहरुले बढो उत्साह र गौरवकासाथ सातौ खेलकुद प्रतियोगितामा सहभागी भएर खेललाई सम्पन्न गराएको तथा केही खेलाडीहरुले नयाँ किर्तिमान समेत हासिल गरेको पाउँदा राज्यले त्यसलाई ठूलो सफलताका रुपमा लिएको मन्त्री श्रीपालीले उल्लेख गर्नुहुँदै अव आर्ठा राष्ट्रिय खेलकुदलाई अझ पूर्वाधारयुक्त बनाउने विषयका राज्यबाट कन्जुस्याई नहुनेमा विश्वस्त हुन आग्रह गरेका थिए ।

साथै सो समारोहमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले धेरै समस्यासँग जुध्दै यो सातौ राष्ट्रिय खेल सम्पन्न भएकाले अव यहीबाट मध्यपश्चिमाञ्भलमा आठौ राष्ट्रिय खेल हुने निश्चित भएकाले त्यसका लागि आजैबाट तयारीका कामको थालनी हुने भएकाले अहिलेजस्तो टिकाटिप्पणी नहुने कुरामा सवै विश्वस्त हुन आग्रह गरे ।

 

तपाईको प्रतिक्रिया