Umesh-Yadavकाठमाडौं २७ कार्तिक । संविधानसभामा कुर्सी भाँचेर निकै चर्चामा आएका एमाओवादी नेता उमेश यादवको बोली आजभोली फेरिएको छ । मधेशी जनताका लागि भन्दै सरकार विरुद्धको विभिन्न कार्यक्रममा सरिक हुँदै आएका थिए ।

तर पछिल्लो समय उनी मधेश आन्दोलनका विरुद्धमा भड्किला भाषण दिन थालेका छन् । विहीबार रिपोर्टस् क्लवले गरेको देउँसी भैलो कार्यक्रममा सिचाई मन्त्री भएका यादवले मधेशवादी दलले गरेको नाकाबन्दी गलत भएको बताएका छन् ।

मन्त्री यादवले नाकाबन्दी मधेशीले होइन भारतले गरेको दाबी गरेका छन् । उनले नाकाबन्दी भारतको बाहाना भएको बताए । उनले अधिकांश समय मधेश आन्दोलनको खिलाफ मै समय विताए ।मन्त्री यादवले आत्मनिर्णयको प्रयोग गर्न हिजो पनि भोकभोकै लडेको भन्दै आज पनि त्यस्तै अवस्था आएकोले लड्न तयार रहेको बताए । उनले अहिले झुपडीदेखि मन्त्री क्वार्टरसम्म एउटै अवस्था भएको भन्दै मुलुक भित्र देखिएका असन्तुष्टीका आवाज संबोधन गर्न नेपाली आफै सक्षम रहेको दाबी गरे ।

उनले नाकाबन्दी मधेश आन्दोलनको कारण नभई मधेशको आन्दोलनको बहाना भएको दावी गर्दै आत्मनिर्णयको अधिकार प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउनुको विकल्प नभएको दावी गरे ।मधेशीको मागको समर्थनमा संविधानसभामा उग्र प्रदर्शन गरेका यादव पछिल्लो समय मधेशवादी दलका विरुद्ध देखिदै आएका छन् ।हुलाकिन्युजबाट

तपाईको प्रतिक्रिया