१६ पुस, राजविराज दिलिप साह । राजबिराज नगरका गरिव मुस्लिम समुदायका ३ सय परिवारहरुलाई एक कार्यक्रम बिच झुल,नेट बितरण गरिएको हो।हेसरा नेपाल केन्द्रिय कार्यलयको आयोजनामा तथा ईसिना रिलिभ क्यानाडाको सहयोग शनिवार राजबिराज नगरपालीका वडा न २,३,४ र ९ का गरिव मुस्लिम समुदायमा परिवारहरुलाई झुल बितरण गरिएको छ ।
राजबिराज २ स्थित ईकरा पब्लीक स्कुलको प्रागणमा अबदुल मनानको अध्यक्षतामा गरिएको बितरण कार्यक्रममा हेसरा नेपालका केन्द्रिय अध्यक्ष डा. नसिम अहमद,जिल्ला बिकास समिति कार्यलय सप्तरीका प्रतिनिधि राजेश झा,पत्रकार चन्दनकुमार यादब,मुस्लिम अगुवा तथा समाजसेवी मोहमद युसुफ अली, गुलाम नवि, कलिम खान,तैयव अन्सारी, ईलियास,मोहम्मद समिम अखतर अली, लगायत नेट बितरण गरिएको हो ।
बिपन्न,तथा अति गरिव परिवारका लागी हेसरा नेपालले बा्ढी,आगलागी,जस्ता बिपत परेको वेला संस्थाले मुस्लिम समुदायको जिवन रक्षाको लागी बिभिन्न समयमा कार्यक्रम गर्दैै आएको हेसरा नेपालका अध्यक्ष डा. नसिम अहमदले बताए ।