heart-outside-chest

उनले विज्ञानलाई समेत चुनौति दिएकी छिन् र सबैलाई आश्चर्यचकित पारिरहेकी छिन् । जन्मिनेबित्तिकै मर्छे भनेर डाक्टरले घोषणा गरेकी यी बालिका ६ वर्षकी भैसकेकी छिन् ।

विर्साविया बाथसेवा बोरुन गोचारोभा निकै सुन्दर छिन् । तर उनलाई नियतिले ठूलो सजाय दिएको छ । छातिभित्र सुरक्षित रहनुपर्ने मुटु उनको छाति बाहिरै झुण्डिएको छ र बाहिरै धडि्करहेको छ ।

पेन्टालोजी अफ क्यान्ट्रेल नामक जन्मजात दुर्लभ रोगबाट पीडित यी बालिका सम्भवतः छाति बाहिरै मुटु भएर पनि यति लामो समयसम्म बाँच्ने दुनियाकै पहिलो मानिस होलिन् ।

छाति बाहिर झुण्डिरहेको मुटुलाई मासुको बाहिरी पत्रले ढाकेको छ । मुटु धडि्करहेको प्रष्ट देख्न सकिन्छ ।

उनको छाति बाहिर रहेको मुटुलाई शल्यक्रिया गरेर भित्र राख्न सकिन्छ । तर यो उपचार महंगो हुन्छ । बालिकाको परिवारसँग उनको उपचारको लागि पुग्दो पैसा छैन । त्यसैले युकेरिंग डटकम नामक अनलाइन मार्फत उनको उपचारको लागि पैसा जुटाइँदैछ । अहिलेसम्म यसमा साढे १६ हजार डलर रकम संकलन भैसकेको छ ।

रुसी मूलकी यी बालिकालाई लिएर हालै उनकी आमा अमेरिका बसाइ सरेकी छिन् । हाल आमाछोरी फ्लोरिडामा बस्छन् ।

दुखको कुरा उच्च रक्तचापको समस्याका कारण अबको दुइ वर्षसम्म यी बालिकाको शल्यक्रिया गर्न नसकिने कुरा डाक्टरले बताएका छन् ।
आफ्नो मुटु बाहिर हुनुको निकै अनौठो तर्क पेश गर्छिन् यी बालिका । उनी भन्छिन् : मेरो मुटु किन बाहिर छ भन्ने कुरा मलाई थाहा छ ।
किनकी यशुले म जस्ता विशेष चिजहरु पनि बनाउन सकिन्छ भन्ने कुरा देखाउन चाहनुहुन्छ ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया