mahant thakurजनकपुरधाम, २७ कार्तिक । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकार मधेश आन्दोलनप्रति गम्भीर नरहेको भन्दै छठपछि आन्दोलन झन् सशक्त बनउाने चेतावनी दिएका छन् । जनपकुरधाममा ठाकुरले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ताका लागि सदैव तयार रहेको तर, सरकार नै वार्ताबाट भागिरहेको आरोप लगाए ।

ठाकुरले सरकारले वार्ता चाहेको अवस्थामा आफूहरू वार्तामा बस्न तयार रहेको प्रष्ट पारेका छन् । तर उनले वार्ताको वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारको रहेको समेत बताए । उनले सरकार वार्ताप्रति गम्भीर भएको वार्ताको वातावरण बनाउँथ्यो तर, सरकारले बेवास्ता गरिरहेको उनले आरोप लगाएका छन् । उनले मुलुकको सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस भएकोले कांगेसको पनि उपस्थिति अपरिहार्य रहेको बताएका छन् ।मधेसवाणिबाट

तपाईको प्रतिक्रिया