१९  पुस । परराष्ट्रमन्त्री प्रकाशशरण महतले पासपोर्टकाे फाराम माेबाईल एप्लिकेसनबाटै भर्न सकिने सेवाकाे  शुभारम्भ गरेका छन् ।सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी राहदानी विभागले विकास गरेको ‘मोबाइल एप्स नेपाल पासपोर्ट’ बाट फाराम भर्न सकिनेछ ।

अावश्यक विवरण भरिसकेपछि राहदानी शुल्क, तस्बिर, औँठाछाप र नागरिकताको प्रमाणपत्र भने सेवाग्राहीले विभागमै बुझाउनुपर्नेछ ।भौतिकरुपमा विभागमा उपलब्ध गराउने बाहेकका सुविधा एप्स प्रयोगकर्ताले पाउने छन् । याे सँगै कम्प्युटरबाट मात्र आवेदन फाराम भर्न सकिने र फाराम अनिवार्य छाप्नुपर्ने व्यवस्थामा सुधार आउने विभागकाे दावी छ । रितपूर्वक फाराम भरी पठाएमा सेवाग्राहीले मोबाइलमा नै बारकोड प्राप्त गर्नेछन् ।

बारकोड लिएर सेवाग्राही राहदानी शुल्क, तस्बिर, औँठाछाप र नागरिकताको प्रमाणपत्र लिएर विभागमा राहदानी बनाउन जान सकिनेछ । तत्कालका लागि विभागले एप्सबाट आवेदनको व्यवस्था दोहा, रियाद, जेद्धा, आबुधाबी, लन्डन, कुवेत, वासिङ्टन डिसी, न्युयोर्क र हङकङ स्थित नेपाली नियोग र कन्सुलरका साथै काठमाडौ स्थित विभागमा याे सेवा सुरु गरेको छ । एन्ड्राेईड तथ अाईअाेएस मोबाइलको nepalpassport खोजेर उक्त एप्स डाउनलोड गर्न सकिनेछ । छिट्टै याे सेवालाई देशव्यापी बनाउने विभागले बताएकाे छ ।

तपाईको प्रतिक्रिया