abhimukhi karan talim itahari२० पुष, इटहरी। सुनसरीकिो इटहरी उपमहानगरपालिकाको साविक एकम्वा गाविस क्षेत्रका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापक लगायतलाई सहभागि गराई दुई दिने विपद ब्यवस्थापन तथा न्यूनिकरण सम्वन्धि अभिमुखीकरण तालिम शुरु गरिएको छ ।

युथ क्रियशन सुनसरीको सक्रियतामा समुदाय तथा विद्यालयमा आधारित बिपद ब्यवस्थापन तथा न्यूनिकरण सम्वन्धि दुई दिने अभिमुखीकरण कार्यक्रममा त्यस क्षेत्रका विद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक बाल सञ्जाल महिला सञ्जाल गाउँ बाल सञ्जाल लगायत गरी ३२ जनाको सहभागिता रहेको छ ।

अभिमुखीकरणमा सहभागि गराईएकाहरुलाई बिपदको अवस्थामा अपनाईने सावधानी तथा विपद पर्दा पनि कम नोक्सानी हुने खालको भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनु पर्ने विषय तथा अन्य सचेतना सम्वन्धि सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिईने कार्यक्रम रहेको युथ क्रियशनकी सामुदायिक सहजकर्ता आरती चौधरीले जानकारी दिइन ।तालिममा सहभागि गराईएका सवैलाई सहजकर्ता अशोक वाग्ले लगायतका सहजकर्ताहरुले बिपदमा अपनाउनु पर्ने सावधानी हरुका विषयमा सहजीकरण गर्नेे कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया