football vetran itahari sport२० पुष , इटहरी।  इटहरीको पुरानो क्लव मध्येको द योङ्ग बदर्श क्लवले यही पुष २६ देखि इटहरीको जनता खेल मैदानमा प्रथम स्व.महेन्द्र नारायण निधि स्मृति भेट्रान फुटबल प्रतियोगिता आयोजना हुने जानकारी दिएको छ ।

क्लवले  इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दैै पूर्वाञ्चलका भेट्रान फुटबल खेलाडीहरुको १० टिमको सहभागिता रहने उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि ६ लाख रुपियाँ खर्च लाग्ने अनुमान रहेको अध्यक्ष बिकास केसीले पत्रकार सम्मेलनमा बताएको छ । पूर्वाञ्चलको प्रमुख शहरका रुपमा विकास भई रहेको इटहरीलाई खेलकुदको हवका रुपमा विकास गर्नका लागि हरेक बर्ष फुटबल खेलका दुईभन्दा बढि राष्ट्रिय एवम अन्तराष्ट्रियस्तरको खेल आयोजना गर्ने तयारीको क्रममा यो खेल आयोजना गरिएको अध्यक्ष केसीले जानकारी दिए ।

यो बर्ष हुने प्रतियोगितामा पूर्वी नेपालको तेह्रथुम झापाको दमक र काँकडभिट्टा, मोरङ्ग, धनकुटा इटहरी रातो र निलो धरान ईलाम र उदयपुर भेट्रान फुटबल टिमको सहभागिता रहनेछ । खेलमा बिजयी हुनेले १ लाख नगद र ट्रफी तथा दोस्रो हुनेले ५० हजार नगद र ट्रफी प्राप्त गर्नेछन ।

तपाईको प्रतिक्रिया