sirha sarkari karyala mag1
२१ पुष सिरहा। सिरहा सदरमुकाममा नभएका करिब आधा दर्जन बढी सरकारी कार्यालयहरु अविलम्व स्थापना गर्न स्थानीय यूवाहरुले सरकारसँग माग गरेका छन् ।
सिरहा सदरमुकामस्थित मालपोत कार्यालय अगाडी यूवाहरुले करिब ३ घण्टा धर्ना दिनुका साथै हस्ताक्षर समेत संकलन गरेका हुन् । हिजो करिब दुई हजार हस्ताक्षर संकलन भइसकेको र आज पनि हस्ताक्षर संकलन गरी करिब ५ हजार हस्ताक्षर भोली जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत प्रधानमन्त्रीलाई बुझाउने अगुवा यूवा अरबिन्द यादबले जानकारी दिए ।
sirha sarkari karyala mag
उनले भने, ‘सिरहा सदरमुकाममा आन्तरिक राजश्व (कर), यातायात, बन, सरसफाई डिभिजनल, भूमिगत जलस्रोत गायतका आधा दर्जन बढी सरकारी कार्यालय छैन् । यहाँ नभएका सरकारी कार्यालय अविलम्व सिरहा सदरमुकाममा स्थाना होस् भन्ने यहाँका जनताको माग छ ।’
सिरहा सदरमुकाम र लाहानबीचको दुरी करिब ४० किलोमिटर छ । यहाँका जनता लहान पुगेर सेवा लिँदा ठूलो रकम त खर्च हुन्छ नै समय पनि बर्बाद हुने गरेकोले सिरहा सदरमुकाममा नभएका सबै सरकारी कार्यालय अविलम्ब स्थापना गर्न सरकारसँग हाम्रो माग छ– उनले भने ।
उक्त हस्ताक्षर कार्यक्रममा नयाँ शक्ति पार्टी नेपाल सिरहा, माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एमाले र मधेसवादी दलका नेताहरुले समेत ऐक्यवद्धता जनाएका छन् ।अमर पासमानको सहयोगमा
sirha sarkari karyala mag2

तपाईको प्रतिक्रिया