२२ पुष, मोरंग। विराटनगर उपमहानगरपालिका भित्र बसपार्क निमार्ण सुरु भएपछि यात्रुलाई बस चढ्नका लागी समस्या बेहेर्नु परेको छ । विराटनगर उपमहानगरपालिका भित्र निमार्णाधिन सडककमा उड्ने धुलो पन्छाउदै यात्रुहरुलाई आफ्नो गन्तव्यमा जाने बस पकड्न समस्या हुने गरेका हो । बैकल्पिक बसपार्कमा समेत गन्तव्यमा जने बसहरु नभेटीएपछी समस्या हुने गरेको छ ।

लामो समयको कसरत पछि बिराटनगर बस पार्कले निर्माण कार्यको थलानी पाएसंगै स्थानिय र यात्रु हरुले भने समस्या भोग्नु परीरहेको यथार्तता प्रष्टै छ ।बसपार्कको निर्माण शूरु भएपछि विराटनगर उपमहानगरपालिकाले बस पार्किङका लागि भन्दै विराटनगर १७ स्थित डिग्री कलेज परिसरमा बस पार्किङ गर्ने ब्यवस्था मिलाएको भएपनी कतिलाई त बस पार्क कहाँ छ भन्ने समेत थाहा छैन । तर ब्यवसायीहरुले असुरक्षाको कारण देखाउदै उक्त स्थानमा पार्किङ गर्न समेत डराउने गरेका पाइन्छन ।पछि ब्यवसायीहरुले आफ्नै पहलमा २ बिगाहा जग्गा भाडामा लिएर सवारी साधन पार्कीङ गर्दै आएका छन । तर बैकल्पीक बसपार्कसमेत राम्रो नभएपनी गिट्टीहालेर व्यवस्थीत बनाईने पुर्व नेपाल यातायता व्यवसायी संघको भनाई छ ।

एकातिर विकास निर्माणको क्रममा अब्यस्थितरुपमा भत्काइएको धुलाम्य सडक र ढलको कारण समस्या झेल्दै आएका यात्रुहरुले बैकल्पीक बासपार्क व्यवस्तथीत नहुदा थप समस्या झेल्नु परेको गुनसो गर्दै आएका छन् । अब्यवस्थित बसपार्क भएका कारण यात्रुलाई बस सो बसपार्कमा आई पुग्दा समेत सेवाग्राहीले गन्तव्यमा पुग्ने बस भेट्न निक्कै सकस हुने गरेको छ ।

सडकमा जताततै बस पार्किङ गरिएपछि ट्राफिक प्रहरीलाई भने चुनौती थपिएको छ । बसपार्कको निर्माण र नाला भत्काउने काम संगसगै भएपछि भत्काइएको सांघुरो सडक, जथाभावी पार्किङ र सवारीसाधनको चाप धुलो धुवाँका कारण ट्राफिक प्रहरीलाई ब्यवस्थापनमा समस्या भइरहेको जिल्ला ट्राफिक प्रमुख धनप्रसाद सिवाकोटीको गुनासो छ ।

एकातिर विकास निर्माणको क्रममा अब्यस्थितरुपमा भत्काइएका सडक र नालाको कारण समस्या झेल्दै आएका यात्रुहरुलाई सहजका लागी बैकल्पिक ब्यवस्था समेत गरीएको पाइदैन । त्यसै कारणले पनी यात्रुलाई आफ्नो गन्तब्य सम्म पुग्ने बस पकड्न समस्या हुने गरेको छ ।

केहिदिन अघिमात्र निर्माण शुरु गरिएको विराटनगर बसपार्कको निर्माण सम्पन्न हुने अवधि डेढ बर्ष तय गरिएको छ । काम नरोकी क्रमिक रुपमा निर्माण भएमात्र बिराटनगर बस पार्कले डेढ बर्षमा आफ्नो आकार लिने छ । तर बर्षातको समयमा काम हुन नसके र समयमै काम सम्पन्न हुन नसके सवारी चालक र यात्रु हरुलाई पक्कैपनी सास्तीको एक कारण बिराटनगर बस पार्क बन्ने छ ।

 

तपाईको प्रतिक्रिया