Kamron-Campbell-and-LeSean-Foucha२८ कात्तिक, काठमाडौं । न्यूयोर्कको रोचेस्टरमा केही समय अघि भएको नेपाली युवकको हत्यामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।गत जुलाई १९ मा नेपाली नागरिक जीत गुरुङको हत्या भएको थियो । कारमा रहेका उनलाई आक्रमण गरेर लुटपाट गरिएकोे थियो । केही समयपछि रोचेस्टर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो ।घटना भएको चार महिनापछि जीतको हत्या आरोपमा १६ वर्षका कमरोन कामबेल र १४ वर्षका खालियो नेल्सनलाई पक्राउ गरेको छ ।गुरुङको परिवारका प्रवक्ता विल विसमायरले जीतमाथिको आक्रमण रोचेस्टरमा बस्दै आएका नेपालीहरुमाथि भएको अपराधको सुरुवात भएको बताएका छन् ।जितको परिवार अमेरिकामा राम्रो जीवनका लागि आएको तर, यो आक्रमणका कारण अब झन् खराव अवस्थामा पुगेको उनले बताए ।रोचेष्टर प्रहरी डिपार्टमेन्टका फ्राङ्क अम्ब्रिनोले जीत वास्तविक पीडित भएको बताए । उनी काम सकेर घर जान कार रोकिरहेको अवस्थामा थिए, उनले भने, यो दुःखद घटनाले उनको परिवारलाई नराम्रो असर गरेको छ ।’प्रहरी हत्या आरोपमा उनीहरुलाई रोचेष्टर सिटी कोर्टमा उपस्थित गराएको छ । तर, दुबैका वकीलले भने उनीहरु निर्दोष भएको दाबी गरेका छन् ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया