letang health camp swasthya sibir२३ पुष, मोरङ । लेटाङको लक्ष्मी मा विमा आज एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा स्त्री रोग, यौन तथा छाला रोग ,मधुमेह लगायत  सामान्य रोग को समेत स्वास्थ परिक्षण गरिएको लक्ष्मी मावि लेटाङका सहायक प्रअ देवराज सापकोटाले जानकारी दिनुभयो ।

केशी हेल्थ एण्ड साइन्स क्यम्पस र लायन्स कलव विराटनगर को सयुक्त आयोजना  तथा  मोरङ सहकारी अस्पताल विराटनगर र प्राथमिक स्वास्थ केन्द्र लेटाङको प्रावीधिक सहयोगमा सन्चालन भएको शिवीरमा महिला, वाल वालिका, वृद्ध वृद्धा, युवायुवती लगायत २३० जना ले स्वास्थ परिक्षण गराएका थिए । शिविरमा ८८ जना ले सुगर ३० जनाले स्त्री  २५ जनाले छाला तथा यौन तथा  वाकी ले सामान्य रोग को स्वास्थ्य जाच गराएका थिए । शिविरमा निशुल्क औषधी वितरण गरिएको समेत सहायक प्रअ सापकोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया