baklauri road sadak bato२४ पुष, इटहरी। तीन बर्षअघि त्रिपल पी मोडेलमा निर्माण भएको सुनसरी कान्छीचोक चतरासम्मको २९ किलोमिटर कालोपत्रे सडकमध्ये अहिले १२ किलोमिटर सडक पुरै धुलाम्मेमा रुपान्तरण भएको छ । जसका कारण बकलौरीबासी सडकबाट उड्ने धुलोकै कारण विभिन्न रोगले ग्रसित बन्ने खतरामा परेका छन ।

कतिपय बकलौरी बासीहरुले धुलोकै कारणले बकलौरी छोड्नु पर्ने अवस्थामा पुगेको भनेर गुनासो गरिरहेका छन । नौ करोड रुपियाँको लागतमा निर्माण भएको उक्त सडकमध्ये १२ किलोमिटर सडक बनाउने ठेक्का पाएको रोशन कन्ट्रक्शनले निर्माण गरेको सडक पूर्ण रुपमा धुलाम्मे भएपछि बकलौरीमा सक्रिय नेपाल राष्ट्रिय किसान मोर्चाले सडकको दुरावस्थाप्रति आपत्ती जनाएको छ । सडक डिभिजन कार्यालय विराटनगरले कान्छीचोक नडाहासम्मको उक्त सडक पुननिर्माणका लागि विभागमा १६ करोड ८८ लाख रुपियाँ खर्च लाग्ने योजना सहित प्रस्ताव अघि बढाएको डिभिजन प्रमुख जितेन्द्र चौधरीले जानकारी दिए । तर चतरा गाईघाट सडक आयोजनाले सडक कार्यालयले विभागसँगै राखेको प्रस्ताव विरुद्ध २० करोडको योजना बनाई चार बर्षसम्म अझै बकलौरीवासीलाई अन्यायमा राख्ने प्रपञ्चको खेल गरिरहेको मोर्चाका केन्द्रिय अध्यक्ष पुष्पराज प्याकुरेलले त्यसको आपत्ती जनाएको छ ।

बकलौरीबासीको एक भेलाले कान्छीचोक नडाहासम्मको सडक  तत्काल निर्माण गरी बकलौरीबासीले भोग्दै आएको धुलोबाट भोग्नु परिरहेको समस्यामा सहयोग गर्न गठित समितिले सडक कार्यालयले अघि बढाएको १६ करोड ८८ लाख रुपियाँको सडक निर्माण प्रस्तावलाई तत्काल अघि बढाउनु पर्ने कुरामा जोड दिन दवाव दिई रहेको छ । तर चतरा गाईघाट सडक आयोजना निर्माणको जिम्मेवारी प्राप्त निर्माण कम्पनीले भने बकलौरीबासीले भोग्दै आएको धुलोको समस्यालाई अझ लम्ब्याउने काम नगर्न भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयसँगै लविङ्ग गरेर बकलौरीवासीमाथि अन्याय गर्न खोजिएको किसान मोर्चाका अध्यक्ष प्याकुरेलले बताए ।

डेढसय बढि बकलौरीबासीको भेलाले गठन गरेको कान्छीचोक नडाहा सडक निर्माण दवाव समुहले स्थानीयवासीमाथि अन्याय हुने गरी सडक विभागले अघि बढाएको प्रस्ताव तत्काल कार्यान्वयन गराउनका लागि आयोजना विरुद्ध शसक्त अभियान चलाउने तयारीमा मोर्चाले अग्रसरता दिईरहेको पनि अध्यक्ष बताए ।यता सडक डिभिजन कार्यालय विराटनगरले इटहरीमा रहेको हेभी इक्वीपमेण्टलाई तत्काल सडक विस्तारसँगै लेवलिङ्ग गर्न परिपत्र गरिसकेको र त्यसका लागि सोमवारबाट काम अघि बढ्ने अन्तिम तयारी गरिरेको बताएको छ । यसै आर्थिक बर्षभित्रमा उक्त धुलाम्मे सडकमा रुपान्तरित सडक कालोपत्रे गराउनेतिर विशेष पहल गरिरहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया