कञ्चनपुर, कार्तिक २८ । सुदूरपश्चिमको एक मात्र बिजयसालका भाडाँकुडा बनाउने उद्योगलाई कच्चा पदार्थ अभाव हुँदा उद्योग संकटमा परेको छ ।विगत १४ वर्ष देखी विजयसालका भाँडाकुडा बनाउदै आएको उद्योग कच्चा पदार्थ नपाउँदा बन्द गर्नुपर्ने अवस्था आएको हो । विजयसालका रुख कटानी गर्न रोक लगाएपछि कञ्चनपुरको भाँसीमा रहेको मेरीट काष्ठकला उद्योग संकटमा परेको हो।पहिले सामुदायिक बन, जिल्ला बन लगायतका काठ आफूर्ति संघ संस्थाहरुबाट सहजै काठ पाईने गरेकाले उद्योगलाई कच्चा पदार्थको अभाव नहुने तर विगत वर्ष देखि काटिएको काठ पनि सहजै नपाइने गरेका कारण उद्योग संचानलमा समस्या परेको मेरीट काष्ठ कला उद्योगका संचालक गणेश वोहराले बताएका छन् ।उद्योगले गिलास, कचौरा, आमखोरा लगायतका भाडाकुडा बनाउंदै आएको छ । विजयसालका भाडामा पानी पिउदा स्वास्थ्यलाई समेत फाईदा हुने वैज्ञानिक मान्यता रहेको छ । विजयसालका भाडामा पानी पिउंदा डाईबेटिज, ग्याष्ट्रिक, पेट र पिसाब सम्बन्धी रोगहरु पनि निको हुन्छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इनरुवाको बजेट झण्डै ७४ करोड
इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०७९।०८० को लागि ७३ करोड ९३ लाख ३९ हजार ४ सय १० रुपैंयाको अनुमानित बजेट सार्वजनिक गरेको छ...
युएनडिपीले इनरुवालाई तत्काल सहायता नदिने !
अमर काफ्ले/ संयुक्त राष्ट्र संघीय बिकास कार्यक्रम युएनडिपीले इनरुवा नगरपालिकालाई उपलब्ध गराउँदै आएको सहायता रोकेको जनाएक...
प्रदेश १ मा कृषि तथा पशुको बीमा हुने
इटहरी। प्रदेश १ मा रहेका कृषकहरूले पालनपोषण गर्दै आएका पशुको बीमाका लागि अजोड इन्स्योरेन्स र सगरमाथा डेरी विशिष्टिकृत सह...
बन्धन सिमेन्ट उत्कृष्ट हुनुको मुख्य ५ आधारहरू
हुन त बजारमा धेरै थरीका सिमेन्ट पाइन्छन् । तर, पछिल्लो समय सर्वाधिक चर्चामा रहेको सिमेन्ट हो, बन्धन सिमेन्ट । घर, पुल एव...
मधेस प्रदेश सरकारको करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको बस कवाड बन्दै
मधेस प्रदेश सरकारले झन्डै डेढ वर्ष अघि करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँचवटा बस कवाड बन्दै गएका छन्।२०७७ कात्तिकम...