chhalfal-final-fialकाठमाडौं, कार्तिक २८ । तराई–मधेसमा जारी आन्दोलनको वार्ताबाटै समाधान खोज्न आग्रह गर्दै नागरिक समाजका अगुवाहरुले मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेका छन् ।शनिबार संघीय समाजवादी फोरम नेपाल संसदीय दलको कार्यालयमा भएको छलफलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नागरिक समाजका अगुवाहरु सहभागी थिए ।त्यसक्रममा उनीहरुलेआन्दोलनरत मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, लक्ष्मणलाल कर्णलगायतलाई वार्ताकै माध्यमबाट मधेस आन्दोलनलाई निश्कर्षमा पुर्‍याउन आग्रह गरेका थिए ।मधेसी मोर्चाका नेताहरुले पनि आफूहरु वार्ताबाटै समस्याको समाधान खोज्न अग्रसर रहेको भन्दै नागरिक समाजले पनि सकारात्मक भूमिका खेल्नुपर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया