rauthat-rally-900x450

काठमाण्डौं, २८ कार्तिक ।शनिबार ब्राहमण समाज रौतहटद्धारा मधेश आन्दोलनमा एक्यबद्धता जनाउदै सदरमुकाम गौरमा बृहत र्याली प्रदर्शन गरिएको छ । जारी आन्दोलनमा समर्थन जनाउदै नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा र मधेशी युवा नेता रेवन्त झाको संयुक्त नेतृत्वमा जुलुस निकालिएको थियो ।र्यालीमा रौतहटका आयोजकहरुले आफ्नो एतिहासिक पहिरन पाग, धोती, कुर्ता, गम्छा लगाई प्रदर्शन गरे । र्यालीमा मधेशी एकता जिन्दाबाद, माधव केपी मुर्दाबाद, मधेशको मांग कायम गर जस्ता नाराका साथ प्रदर्शन समापन गरियो ।जिल्ला रौतहटबाट बिभिन्न गाँउ गाँउबाट हजारौको संख्यामा आएका ब्राहमणहरु सदरमुकाम गौरको क्रान्ति चौक देखि अस्पताल चौक हुन्दै नाकाबन्दी स्थल नेपाल भारत मितेरी पुल गई समापन गरे । त्याहा उपस्थित रहेका व्यक्तिले ब्राहमण समाजद्धारा निकालिएको र्यालीलाई सम्मान गरि ताली बजाउदै स्वागत समेत गरे ।लम्बिन्दै गइरहेको आन्दोलनलाई सरकारले कुनै वास्ता नगरेकोले कडा आलोचना गर्दै ब्राहमण समाजले सरकारलाई चेतावनी दिन र्याली निकालेका हुन ।हुलाकिन्युजबाट

तपाईको प्रतिक्रिया