hotel-lalima

१२ माघ, इटहरी । सुनसरीकाे इटहरी स्थित लालिमा हाेटलका सञ्चालक दिल बहादुर कार्कीले बुधबार बिहान झुण्डिएर अात्महत्या गरेका छन । इटहरीका सफल ब्यवसायी मानिने कार्की लामाे समय देखी घाटी ,दम र सुगरबाट पिडित थिए । उनले हाेटल परिषर भित्रै झुन्डिएर अात्महत्या गरेका हुन ।

उनले अात्महत्या गर्नुकाे कारण नखुलेपनि स्थानीयहरूले भने डिप्रेसनकाे कारण अात्महत्या गरेकाे बताएका छन । उनकाे शव पाेष्टमार्टमकाेलागि धरान स्थित बिपि प्रतिष्ठान लगिएकाे इलाका प्रही कार्यालय इटहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया