१२ माघ, सुनसरी। प्रहरीले सुनसरीको भुटाहाबाट मंगलबार एक्सकुफ-डि नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भुटाहाको सँयुक्त प्रहरी टोलीले भुटाहा-७ भित्री सडक खण्डमा चेकजाँचका क्रममा बिआर-५०-डि-९९३८ नम्बरको मोटरसाइकलको डिकीमा लुकाई राखेको अवस्थामा ४० बोतल एक्सकुफ-डिएक्स नामक लागूऔषधसहित भारत अररिया जिल्ला घर भएका २१ वर्षिय आजाद अन्सारी र २५ वर्षिय नबुद्दिन अन्सारीलाइ पक्राउ गरेको हो।पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया