biplab maobadi durbebhar sunsari sachib inaruwa
माघ १३ इनरुवा/  बिप्लव माओवादीका कार्यकर्ताहरुले सुनसरीको तनमुना गाविस सचिव हरिकुमार थापा माथि दुर्व्यवहार गरेका छन् ।
सचिव थापामाथि बिप्लव कार्यकता बताउने समूहले चन्दा नदिएको भन्दै कार्यकक्षमै हातपात तथा दुर्व्यवहार गरेका हुन् ।उक्त घटनाको गाबिस सचिव हकहित संरक्षण नेपाल जिल्ला कार्य समिति सुनसरीले विरोध जनाएको छ ।

जिल्ला विकास समिति सुनसरीमा भेला भएका गाविस सचिवहरुले दोषी उपर कार्वाहीको माग गर्दै सुनसरी जिविस र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा जटिल परिस्थितिमा कार्यस्थलमा रही काम गर्न नसकिने उल्लेख छ । सुनसरी अध्यक्ष गणेशप्रसाद भट्टराई र सचिव जानकी प्रसाद अधिकारीले संयुक्त रुपमा जारी विज्ञप्तीमा बिहिवार र शुक्रवार तय गरिएका कुनैपनि इलाका स्तरीय योजना तर्जूमा गोष्ठीमा सचिवहरुको उपस्थिती नरहने जनाइएको छ । दोषी उपर तत्काल कार्वाहीको माग गरेका सुनसरीका गाविस सचिवहरुले सुरक्षाको पूर्ण ग्यारेण्टीको माग गर्दै सुनुवाई नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया