१४ माघ, सप्तरी। सप्तरीमा चोरी मुद्दाका फरार दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका ९ बस्ने पन्चदेव यादव र शम्भु यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पन्चदेव उपर सप्तरी जिल्ला अदालतले चोरी मुद्दामा सात दिनको कैद र एकसठ्ठी हजार जरिवाना तथा शम्भु उपर पाँच हजार आठ सय पचास रुपैया जरिवानाको फैसला सुनाएको थियो। फैसलासंगै फरार रहेका उनीहरुलाई प्रहरीले बुधबार पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको हो।

 

तपाईको प्रतिक्रिया