worlds beauty sundari1

एजेन्सी । हुनत मान्छेको सुन्दरताको परिभाषा फरक फरक तरिकाले गर्ने गरिन्छ । तर सुन्दर भन्ने वित्तिकै हेर्दा आकर्षक र मनमोहक देखिने भन्ने नै बढी बुझिन्छ । सुन्दरताको चर्चा पुरुषको भन्दा ज्यादा महिलाको हुने गर्दछ । सुन्दर युवतीहरुको होलान ? भन्ने प्रसङ्गमा हिरोइन र मोडलहरुको नाम नै अगाडि आउने गर्दछ । ती मध्ये पनि सुन्दरै अझै सुन्दरताले भरिपूर्ण महिला को होला ?

विभिन्न ग्लामर पत्रिकाहरुले दुनियाका सबैभन्दा सुन्दर, सेक्सी तथा हट महिला भनेर विभिन्न अभिनेत्री तथा मोडेलहरुको नाम सार्वजनिक गर्ने गरेको त सुनिएकै हो । तर अहिलेसम्म अभिनेत्री तथा मोडेलहरुमा सबैभन्दा सुन्दर तथा परफेक्ट फिगर भएकी चाहीँ को होला ? भनेर कुनै वैज्ञानिक अध्ययन भएको थिएन । हालै अमेरिकी वैज्ञानिकहरुले विभिन्न मापदण्डका आधारमा दुनियाकी सबैभन्दा सुन्दर तथा पर्फेक्ट महिला पत्ता लगाएका छन् ।

worlds beauty sundari

अमेरिकाको टेक्सास विश्वविद्यालयका शोधकर्ताहरुले विश्वका थुप्रै मोडेलहरुमाथि गरेको अनुसन्धानमा उनीहरुका उचाइ, वजन, कपालको लम्बामा अनुहारको आकार आदिका आधारमा विश्लेषण गरेका थिए ।

जसबाट केली ब्रूक विश्वकै सबैभन्दा परफेक्ट फिगरवाला मोडेल ठहरिएकी छिन् । केलीको शरीर एक पूर्ण फिगरका सबै मापदण्डमा उत्कृष्ट ठहिरएकाे वैज्ञानिकहरुको भनाई छ ।बेलायती अभिनेत्री केली एक मोडेल, डिजाइनर तथा टेलिभिजन प्रस्तोता पनि हुन् । वैज्ञानिकहरुले  ३२ वर्षकी यी अभिनेत्रीलाई दुनियाकै उत्कृष्ट र अाकर्षक शरीर भएकी मिहला मानेका छन् ।

worlds beauty sundari2

तपाईको प्रतिक्रिया