dauraकाठमाडौं : सरकारले आजदेखि काठमाडौंमा दाउरा वितरण सुरु गरेको छ। भारतको नाकाबन्दीका कारण खाना पकाउने ग्यासको आपूर्ति रोकिएपछि विकल्पमा सरकारले दाउरा वितरण गरेको हो। सरकारी स्वामित्वको टिम्बर कर्पोरेसन लिमिटेड (टिसिएन) ले काठमाडौंको पशुपति आर्यघाटको डिपो र ललितपुरको बालकुमारी डिपोबाट दाउरा वितरण गरेको हो। दाउरा लिन बिहानैदेखि दुबै डिपोमा सर्वसाधारणको भीड लागेको छ। उपभोक्ताले एक किलोग्राम दाउराको शुल्क १५ रुपैयाँ बुझाउनुपर्नेछ। एउटा परिवारले १ सय किलोग्राम दाउरा पाउँछन्। घरमा ग्यास सकिएको र खाना पकाउनका लागि अरु कुनै विकल्प नभएका धेरै सर्वसाधारण दाउरा लिन टिसिएनको डिपोमा पुगेका छन्। तपाइँलाई पनि दाउरा चाहिएको छ भने यस्तो छ दाउरा लिने प्रक्रिया थाहा पाउनुस्

१. पहिले नागरिकताको फोटोकपी बुझाएर कुपन लिनुपर्नेछ

२. त्यसपछि १ सय किलोग्राम दाउरा बापतको शुल्क बुझाएर बिल लिनुपर्छ।

३. बिल लिएपछि दाउराको मुढा बोकेर आफैले जोख्न लैजानुपर्छ।

४. टिसिएनले ठूला ठूला मुढा वितरण गरेको हुनाले त्यसलाई दाउरा बनाउन फेरि मेसिनमा चिर्न लैजानुपर्छ

५. मेसिनले दाउरा चिरेपछि त्यसलाई बोरामा वा कुनै साधनमा राखेर घर लैजान सकिन्छ।

तपाईको प्रतिक्रिया