rel2

काठमाडौं, कार्तिक २९ । आतंकवादी आक्रमणको निशानामा परेको फ्रान्सको पूर्वी क्षेत्रमा भने एउटा रेल दुर्घटना हुँदा दशजनाको मृत्यु भएको छ ।तीब्र गतीवाला टीजीभी रेल पूर्वी फ्रान्सको स्ट्रासबर्ग शहरनजिक दुर्घटनाग्रस्त हुँदा अरु ११ जना घाइते भएका छन् ।भर्खरै र्माणसम्पन्न रेलवे लाइनमापरीक्षण सञ्चालनका लागि ४९ जना प्राविधिक बोकेको रेलले लीक छाडेर दुर्घटना भई नजिकैको नहरमा खसेको थियो ।सरकारले भने आउँदो वर्षदेखि स्ट्रासबर्गबाट राजधानी पेरिससम्म सीधा रेल सेवा सञ्चालन गर्न तयारी गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया