२० माघ, सिरहा। सिरहाको दुई स्थानमा बुधबार भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन्।
लहान नगरपालिका-१८ स्थित कटाहा चोकमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको स. ५ प. १९३४ नम्बरको मोटरसाइकल र बिरपरित दिशाबाट आउदै गरेको स. २ प. १७४५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा १९३४ नम्बरको मोटरसाइकल चालक लहान-१९ का १७ बर्षिय हबिबुल राइन, पछाडी सवार सप्तरी रौतहट-५ का १६ बर्षिय रबिन मंण्डल साथै १७४५ नम्बरका मोटरसाइकल चालक लहान-२ का २१ बर्षिय ईन्द्रदेव महतो घाइते भएका छन्।
घाइते तीनैजनालाई लहान स्थित कामना नर्सिङ होममा लगिएकोमा हबिबुल र ईन्द्रदेवलाई थप उपचारको लागी सुबिधा सम्पन्न अस्पताल रेफर गरीएको प्रहरीले जनाएको छ। यता लहान-११ स्थित पडरिया चोकमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको बा. १४ च. ४०७४ नम्बरको कार अनियन्त्रित दुर्घटना हुँदा कार चालक मोरङ्ग हरैचा-१ बस्ने ४० बर्षिय राजेश दहाल, सोही ठाउँका ३२ बर्षिय डिल्लिराम गिरी र ७९ बर्षिय शिब प्रसाद दहाल घाइते भएका छन्। घाइते तीनैजनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।